१५ चैत्र २०८०, बिहीबार
नेकपा एमाले बाँकेद्धारा मदन भण्डारी ‘लाइब्रेरी’ स्थापना

  • संजय मण्डल 

  • १ बैशाख २०७८, बुधबार १८:१६

नेपालगञ्ज : नेकपा एमाले बाँकेले मदन भण्डारी अध्यक्ष कक्ष (लाइब्रेरी) स्थापना गरेको छ । पार्टी कार्यालयमा केन्द्रीय सदस्य देवराज भारले अध्ययन कक्षको बुधवार उद्घाटन गरे । नेता कार्यकर्ताहरुलाई अध्ययनशिल बनाउन अध्ययन कक्ष निर्माण गरिएको भारले बताए ।

पार्टी अध्यक्ष सुर्य ढकालले अध्ययन कक्षमा सबै प्रकारका पुस्तकहरु पढ्न पाइने बताए । वाइफाई सुविधा सहितको अध्यक्ष कक्ष निर्माण गरिएको ढकालले बताए । एमाले बाँकेका नेता अशोक कर्माचार्यले अब अध्ययन केन्द्रमा जस्तोसुकै पुस्तक पनि पढ्न पाइने बताएका छन् ।

Nabintech