१३ बैशाख २०८१, बिहीबार
नेकपा एमाले, बाँके क्षेत्र नं. १ का सचिव बुढाथोकीमाथि सांघातिक आक्रमण

  • टाइम्स संवाददाता

  • २१ जेष्ठ २०७८, शुक्रबार १५:४९

नेकपा एमाले, बाँके क्षेत्र नं. १ का सचिव भरत बुढाथोकी माथि सांघातिक आक्रमण भएको छ । अज्ञात समुहले आक्रमण गर्दा नेकपा एमाले, बाँके क्षेत्र नं. १ का सचिव भरत बुढाथोकी घाइते भएका छन् । पार्टीको काम सकेर राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित घरतर्फ जाने क्रममा बाटो ढुकेर बसेको समूहले बिहीबार बेलुकी आक्रमण गरि घाइते बनाएको एमाले बाँके अध्यक्ष सूर्य ढकालले जानकारी दिए । एमाले बाँकेका अध्यक्ष ढकालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै आक्रमण गर्ने समूहको पहिचान गरि कानूनी कारबाहीको माग गरेका छन् भने आक्रमण गर्ने समूहलाई पक्राउ नगरे एमाले बाँकेले त्यस विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिईएका छन् । साथै नेता बुढाथोकी माथि भएको आक्रमणलाई एमालेले कायरताको संज्ञा दिएको छ भने उनको टाउको, कम्मर र घुँडामा चोट लागेको छ । आक्रमणमा परि घाइते बुढाथोकीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपुरमा उपचार भइरहेको ढकालले जनाएका छन् । “समाज परिवर्तनको लागि राजनीतिक चेतना जगाउँदै अघि बढेको एउटा नेता माथि आक्रमण हुनु असामान्य कुरा हो । यसले आम जनतामा शान्ति सुरक्षाको अवस्थालाई समेत चित्रण गरेको छ । जिल्लाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउँदै अपराधिक मनोबृत्ती भएका दोषीलाई तत्काल पक्राउ गरि कारवाही गर्न एमाले बाँके माग गर्दछ,’ अध्यक्ष ढकालले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

Nabintech