१३ बैशाख २०८१, बिहीबार
नेकपा समाजवादी कोहलपुर–६ को वडा कमिटि गठन

  • टाइम्स संवाददाता

  • २२ मंसिर २०७८, बुधबार ०९:३८

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा नेकपा समाजवादीको वडा कमिटि गठन भएको छ । नेकपा समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला सह–इन्चार्ज अब्दुल हुसेन खाँको प्रमुख आतिथ्यतामा भएको भेलाले नेकपा समाजवादी कोहलपुर वडा नं. ६ को वडा अध्यक्षमा फग्गु थारु चयन भएका छन् । साथै थारुको अध्यक्षतामा गठन भएको वडा कमिटिको उपाध्यक्षमा धौली मल्ल र नेत्रा रणा, सचिव नरभुपाल थारु गरि २१ सदस्यीय वडा कमिटी गठन भएको छ। सो भेलामा बोल्दै नेकपा समाजवादी पार्टीका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला सह–इन्चार्ज अब्दुल हुसेन खाँले जनताको भावना अनुसार काम गर्न वडा कमिटिलाई निर्देशन दिँदै पार्टीले लिएका बिचारलाई जनताका बिच लिनुपर्नृ र स्थानिय तह, प्रदेश र संघिय निर्वाचनामा पार्टीलाई निर्वाचित गराउन सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रमको बोल्दै वडा इन्चार्ज एवम् जिल्ला सचिवालय सदस्य शिव प्रसाद डाँगिले वडा भित्र पार्टीको संगठनलाई बलियो बनाई जनताको बिचमा जानुपर्ने बताएका छन् । उक्त कार्यक्रमको सहजिकरण खगराज रोकायाले गरेका थिए भने कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Nabintech