१६ चैत्र २०८०, शुक्रबार
नेपालगञ्ज दुग्ध वितरण आयोजनाको ५३ औं वार्षिक उत्सव सम्पन्न

  • टाइम्स संवाददाता

  • १ श्रावण २०७८, शुक्रबार १६:४८

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ८ मा रहेको दुग्ध विकास संस्थान नेपालगञ्ज दुग्ध वितरण आयोजनाको ५३ औं वार्षिक उत्सव सम्पन्न भएकोछ । नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानले आफ्नो ५३ औं वार्षिक उत्सव मनाएको हो । सो कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले किसानहरुले उत्पादन गरेको दुधको बजारिकण गर्नका लागि संस्थानले महत्वपूर्ण भूमिका खेलेको बताउँदै भारतबाट हुने दुध आयातलाई रोक्नुपर्ने बताएका छन् । कोहलपुर नगरपालिकाले किसानहरुलाई पशुपालन गर्न उत्साहित गराउनका लागि पशु सुत्केरी हुँदा दुई हजार सुत्केरी भत्ता दिने गरिएको बताएका छन् । साथै कोहलपुर नगरपालिकाले दुग्ध संस्थान तथा सहकारीमा दुध जम्मा गर्ने किसानलाई वडा कार्यालयले प्रमाणित गरेको खण्डमा प्रति लिटर एक रुपैयाँ सहयोग गर्ने नीति लिईएको बताउँदे किसानहरुलाई सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डी प्रसाद गैरेले किसानहरुले उत्पादन गरेको दुधको रकम समयमै उपलब्ध गराउँदा किसानलाई राहत मिल्ने बताउँदै दुग्ध विकास संस्थानले उत्पादिन विभिन्न परिकार गुणस्तरिय भएको बताएका छन् । कार्याक्रममा बोल्दै दुग्ध विकास संस्थान नेपालगञ्ज दुग्ध वितरण आयोजना प्रमुख योगेन्द्र शाहले संस्थानले बाँके, बर्दिया, दाङ, सल्यान लगायतका जिल्लाहरुबाट किसानले उत्पादन गरेको दुध खरिद गरी काठमाण्डौं र पोखरासम्म पु¥याईरहेको बताएका छन् । साथै उनले किसानहरु गुणस्तरिय दुध उत्पादन गर्नपर्ने र राज्यले किसानहरुका मुद्धालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

Nabintech