७ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज मेडिकल कलेजले जेष्ठ २३ गतेबाट ओपिडी सेवा सुरु गर्ने

  • टाइम्स संवाददाता

  • २१ जेष्ठ २०७८, शुक्रबार १५:३२

बाँकेको कोहलपुरमा रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आइतबारदेखि ओपिडी सेवा सुरु गर्ने भएको छ । नेपालमा देखिएको दोस्रो लहरको कोरोना भाईरसका कारण विरामीहरुको उपचार सेवा बन्द गरेको अस्पतालले आईतबार (जेष्ठ २३गते)बाट ओपिडि सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले भाइरस संक्रमितको चाप बढेसँगै अस्पतालमा अन्य सबै सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवामात्रै संचालनमा थियो । पछिल्ला केही सातादेखि संक्रमितको संख्या घट्दै गएपछि ओपिडी सेवा संचालन गर्ने भएको हो । अस्पतालका निर्देशक डा. भोजराज जोशीद्धारा जारी विज्ञप्तीमा विरामीहरुको मर्कालाई ध्यानमा राखेर कोभिड र ननकोभिडका दुवै सेवा नियमित हुने जानकारी दिइएको हो । अस्पतालमा बाँके लगायत लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका कोरोना संक्रमित बिरामीहरुको उपचार हुँदै आएको थियो । अस्पतालले कोरोना भाईरसको परिक्षणसँगै कोरोना संक्रमित बिरामीहरुको उपचार समेत गर्दै आईरहेको छ ।

Nabintech