१२ बैशाख २०८१, बुधबार
नेपाली कांग्रेस क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित

  • टाइम्स संवाददाता

  • १० मंसिर २०७८, शुक्रबार १५:३१

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ को सभापतिमा पोषण केसी निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी संस्थापन (देउवा) पक्षका माधवराम खत्री (ढकाल) लाई ४७ मतले हराउँदै संस्थापन इतर (कोइराला/पौडेल) पक्षका केसी निर्वाचित भएका हुन् । कुल ६ सय १ मत खसेकोमा केसीले ३ सय १६ र खत्रीले २ सय ६९ मत प्राप्त गरेको मतदान अधिकृत मेहरसिंह खत्रीले जानकारी दिए ।

यस्तै सचिवमा निर्वाचित भएका संस्थापन इतर पक्षका खुमबहादुर बस्नेतले ३ सय १ र संस्थापन पक्षका जयश्वर पौडेलले २ सय ९० मत पाए । उनका निकटतम प्रतिद्धन्द्धी बजारु थारु र लालबहादुर रानाले समान २ सय ८० मत ल्याए । यसैगरी सह-सचिवमा निर्वाचित भएका संस्थापन पक्षका दिपेन्द्र उप्रेतीले ३ सय १२ र संस्थापन इतर पक्षका रामबहादुर रावतले २ सय ९० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी देवनारायण काफ्लेले २ सय ८३ र हरिशंकर पाण्डेले २ सय ७० मत प्राप्त गरेका छन् । क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधीको मत गणना चलिरहेको मतदान अधिकृत खत्रीले जानकारी दिए ।

Nabintech