११ बैशाख २०८१, मंगलवार
पछिल्लो चौबीस घण्टामा ३३७ जना सङ्क्रमित थपिए, १५१ निको

  • टाइम्स संवाददाता

  • २८ चैत्र २०७७, शनिबार १८:३४

नेपालमा कोरोना भाइरसका ३३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ३३७ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित अद्यावधिक गर्दै सो कुरा जानकारी दिएको हो । पछिल्लो चौबीस घण्टामा १५१ जना संक्रमति निको भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु भएकाे र हालसम्म तीन हजार ३९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ८८६ जना निको भएका छन् ।

Nabintech