१२ बैशाख २०८१, बुधबार
पन्जाबमाथि कोलकाता सहज जित

  • टाइम्स संवाददाता

  • १४ बैशाख २०७८, मंगलवार ०७:१४

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २१ औं खेलमा कोलकाता नाइट राइडर्सले पन्जाब किंग्समाथि ५ विकेटको सहज जित निकालेको छ ।

जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १६.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कोलकाता कप्तान ओईन मोर्गनले ४० बलमा ४ चौका र २ छक्का सहित ४७ रनमा अविजित रहे । राहुल त्रिपाठीले ३२ बलमा ७ चौका सहित ४० रनको योगदान दिए । आन्द्रे रसेल १०, सुभमन गिल ९ रनमा आउट हुँदा दीनेश कार्तिक १२ रनमा अविजित रहे । पन्जाबका मोहम्मद शामी, अर्शदीपसिंह मोइसेज हेनरिक्स र दीपक हुडाले १-१ विकेट लिए । त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबाद टस हारेर ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो । पन्जाबका ओपनर मयंक अग्रवालले ३४ बलमा १ चौका र २ छक्का सहित सर्वाधिक ३१ रनको योगदान दिए । कप्तान लोकेश राहुल २० बलमा २ चौका र १ छक्का सहित १९ रनमा क्याच आउट भए ।

क्रिस गेल शून्य, दिपक हुडा १, निकोल पुरन १९, मोइजेस हेनरिक्स २ र शाहरुख खान १३ रनमा आउट भए । तल्लोक्रममा क्रिस जोर्डनले १८ बलमा ३ छक्का र १ चौका सहित ३० रन बनाए । कोलकाता सुनिल नारायणले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ३ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्णाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बरुण चक्रवर्ती र शिवम माभीको नाममा १-१ विकेट रह्यो ।

आइपिएल अंक तालिका

चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित दोस्रो स्थानमा छ । बेंगलोर ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक भएपनि नेटरनरेटको आधारको तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा हार र २ मा जित सहित पाँचौ स्थानमा छ । पन्जाब छैटौं, राजस्थान रोयल्स सातौं र सनराइजर्स हैदराबाद पुछारमा छन् ।

Nabintech