७ बैशाख २०८१, शुक्रबार
पश्चिमी क्षेत्रमा अबको तीन दिन नै ठूलो पानी पर्ने, अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • १ श्रावण २०७८, शुक्रबार ०७:१९

आज पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको  पानी परिरहेको छ । दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना छ ।  मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले त्यहाँ लगातारजसो ठूलो पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिनुभयो । अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै भोलि लुम्बिनी, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।  वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने आज र भोलि हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै मौसमविद्ले बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

Nabintech