१६ चैत्र २०८०, शुक्रबार
पहिलो प्राथमिकतामा परेकालाई भोलि कोभिसिल्ड खोपको दोस्रो मात्रा दिने

  • टाइम्स संवाददाता

  • ३ असार २०७८, बिहीबार १७:०३

नेपालगञ्ज उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा परेकालाई भोलि कोभिसिल्ड खोपको दोस्रो मात्रा दिने भएको छ ।उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेका र दोस्रो मात्रा लगाउने समय पुगेर पनि विविध कारणले छुट भएका स्वास्थ्यकर्मी, सरसफाईकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र जनप्रतिनिधिलाई दोस्रो मात्रा दिन लागिएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाकै कार्यालयमा भोलि विहान १० बजेदेखि ३ बजेसम्म खोप दिइने चन्दले जानकारी दिनुभयो । खोप लगाउन जाँदा अनिवार्यरुपमा खोप कार्ड लैजानुपर्नेछ ।

 

 

Nabintech