१२ बैशाख २०८१, बुधबार
पाँच हजार ८२५ थपिए, पाँच हजार ९०४ कोरोनामुक्त, ७५ को मृत्यु

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०७८, बिहीबार १७:२१

नेपालमा कोरोनाभाइरसका पाँच हजार ८२५ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ हजार ५६२ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ८२५ मा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ७६ हजार ९३६ पुगेको छ । हाल एक लाख एक हजार ८३९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले चौबीस घण्टामा पाँच हजार ९०४ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ६७ हजार ४६७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८१ प्रतिशत पुगेको छ ।
मन्त्रालयले चौबीस घण्टामा ७५ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा सात हजार ६३० जनाले ज्यान गुमाउन पुगेका छन् । हाल ८३१ जना क्वारेन्टिनमा छन् ।

Nabintech