८ बैशाख २०८१, शनिबार
पाटेबाघकाे आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयाे

  • टाइम्स संवाददाता

  • २१ असार २०७८, सोमबार १५:२४

पाटेबाघकाे आक्रमणबाट बर्दियामा एक जनाकाे ज्यान गएकाे छ । पाटेबाघकाे आक्रमणबाट मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको ज्यान गएकाे डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिनुभयो । घरबाट दाउरा खाेज्न गएपछि (हिजो) आइतवारदेखि हराइरहेका खत्रीकाे खाेजी गर्ने क्रममा नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पिलर नम्बर ८३ र ८४ काे बीच भागमा सम्झना सामुदायिक वनभित्र शव फेला परेको बीओपी भग्रैया सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक अस्मित थापाले बताउनुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघकाे आक्रमणबाट एक वर्षभित्र १२ जनाकाे ज्यान गएकाे छ भने दुई वर्षयता पाटेबाघबाट २१ र जङ्गली हात्तीबाट दुई गरी २३ जनाले ज्यान गुमाइसकेका छन् ।

Nabintech