१२ बैशाख २०८१, बुधबार
“पुस्तकालयलाई प्रविधिसँग जोड्नुपर्छ”

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७८, मंगलवार १६:४७

बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालयलाई प्रविधिसँग जोड्नुपर्ने बताईएको छ । “सवल समाजको आधार, सार्वजनिक पुस्तकालयको विकास” भन्ने नाराका साथ १४ औं राष्ट्रिय पुस्तकालयको दिवसको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले आयोजनामा ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिता एवम् सम्मान कार्यक्रममा पुस्तकलायलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेकोमा जोड दिईएको छ । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले पुस्तकालयलाई आधुनिक र प्रविधिसँग जोड्नुपर्ने भन्दै प्रविधिको प्रयोगबाट अध्ययन संस्कृतिको विकास गर्न सकिने बताएकी छिन् । साथै उनले पुस्तकालयको समृद्धि र विकासका लागि स्थानिय सरकारले आवश्यक समन्वय गर्न तयार रहेको बताउँदै अध्ययन गर्ने बानिको विकास र पठन संस्कृतीको विकासमा ज्ञानोदय पुस्तकालयले महत्वपूर्ण भूमिका खेलिरहेको बताएकी छिन् ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय सामुदायिक पुस्तकालय संघका केन्द्रिय उपाध्यक्ष जयश्वर पौडेलले नेपालमा पुस्तकालयको इतिहासबारे चर्चा गर्दै सबैको अथक प्रयासबाट कोहलपुरमा सुविधा सम्पन्न आधुनिक पुस्तकालय संस्थागत हुन सफल रहेको बताए । उनले पुस्तकालय पुस्तकको भण्डारण गर्ने ठाउँमात्र नभएर ज्ञान प्रवाह गर्ने माध्यम बन्न सफल रहेको बताए । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख अनन्त कुमार पौड्यालले पुस्तकालयले सामाजिक तथा शिक्षासँग सम्बन्धित गतिविधीमा पु¥याएको योगदान सराहनिय रहेको बताए । यस अघि घुम्ती पुस्तकालयको अवधारणा अनुसार नगरपालिकाका वडाहरुमा पुस्तक प्रदर्शनी तथा घुम्ती पुस्तकालय कार्यक्रमले यस क्षेत्रका पाठक र पुस्तकालयबीच अन्तरसम्बन्ध कायम बनाउन मद्दत पुगेको बताए । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले प्रविधिको विकाससँगै पुस्तकाललाई प्रविधिमैत्री बनाउने लक्ष्य लिईएको बताउँदै आवश्यक सहयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् । साथै उनले पुस्तकालयले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिँदै पुस्तक पढ्ने बानिको विकास गर्न आवश्यक रहेको बताएका छन् । पुस्तक
पुस्तकालयका पूर्व अध्यक्ष समेत रहेका पौडेलले पुस्तकालयको ऐतिहासिक विकासमा विगतको प्रयासलाई नयाँ उचाईमा पु¥याउन यस क्षेत्रका सार्वजनिक तथा सामाजिक संघ संस्थाहरुले आवश्यक सहकार्य तथा समन्वयमा विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनप्रतिनिधीहरु कोहलपुर नगरपालिका वडा नं. १० र ११ का वडाध्यक्ष निरज चलाउने, कर्ण बहादुर थापा, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल, इलाका प्रहरी कार्यालय प्रतिनिधी, पत्रकार सञ्चारकर्मी तथा पाठक लगाएतको उपस्थिती रहेको थियो ।
दिवसका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित
राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा यस वर्षको स्व. हरी प्रसाद पौडेल ज्ञानोदय समाज सेवा सम्मानबाट समाजसेवी तथा शिक्षा प्रेमी भानुभक्त भट्टराई सम्मानित भएका छन् । पुस्तकालयका पूर्व अध्यक्ष जयश्वर पौडेलले आफ्नो बुवाको स्मृतीमा स्थापना गरेको अक्षय कोषबाट समाजसेवी भट्टराईले यस क्षेत्रको शिक्षा र समाजसेवा क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मानित गरिएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिएका छन् । यस्तै पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याएका पुस्तकालयका निवर्तमान अध्यक्ष लिल बहादुर राना पनि सम्मानित भएका छन् । पुस्तकालयको विकासमा अतुलनीय भूमिका निर्वाह गरेकाले संस्थाको पूर्व अध्यक्षको रुपमा सम्मानित गरिएको पुस्तकालयले जनाएको छ । यस्तै हरेक वर्षझै यस वर्ष पनि पुस्तकालयको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याउन पुस्तकालयलाइ पुस्तक दान गरि सहयोग गरेकाले संस्थाद्धारा उत्कृष्ठ पुस्तक दाताका रुपमा समाजसेवी भारती खनाल सम्मानित भएकी छिन् । भारतीको संस्था प्रजातन्त्र र विकासमार्फत उनले १ सय ५० बढि पुस्तक हस्तान्तरण गरेकी थिइन् ।


ऐतिहासिक पुस्तक तथा फोटो प्रतियोगिताका उत्कृष्ठ पुरस्कृत
दिवसको अवसरमा पुस्तकालयले आयोजना गरेको प्राचिन पुस्तक संकलन तथा प्रदशनि प्रतियोगिता प्रथम रामचन्द्र पौडेल र द्वितिय बुद्विसागर सापकोटा नगद र प्रमाण पत्रबाट पुरस्कृत भएका छन् । प्रतियोगितामा प्रथम हुन सफल पुस्तक शिखरनाथ भुषाल द्धारा लिखित शिखरनाथ भाष्य र द्धितिय हुन सफल उपदेश चन्द्रकलाया द्धारा लिखित भुनन्दनन्देवदु प्राचिन पुस्तक छनौट भएका थिए । प्रथमले रु. ५ हजार र द्वितियले नगद ३ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका हुन् । सबैभन्दा पुराना मितिमा प्रकाशन भएका ऐतिहासिक पुस्तकहरु सहयोग गर्ने दाताहरुकाबीचमा प्रतिस्पर्धा गराइएको थियो । यस्तै फोटो प्रतियोगितामा प्रथम रमेश अधिकारी, द्धितिय चनद।लष्जबटिज्ञढ२नmबष्।िअयm र तृतिय सरोज राज शाहीलाई घोषणा गरिएको छ । प्रतियोगितामा यस क्षेत्रका २० फोटो ग्राफरहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम,द्वितिय र तृतीय हुने प्रतियोगिहरुले क्रमशः नगद रु ५ हजार, ३ हजार, २ हजार सहित प्रमाण पत्रबाट पुरस्कृत भएका छन् ।

Nabintech