१६ चैत्र २०८०, शुक्रबार
पूर्णिमा साहित्य प्रतिष्ठानद्धारा स्रष्टा सम्मान, कृति विमोचन, कविता वाचन कार्यक्रम सम्पन्न

  • टाइम्स संवाददाता

  • १६ आश्विन २०७८, शनिबार १७:५०

बाँकेको कोहलपुरमा रहेको हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले स्रष्टा सम्मान, कृति विमोचन, कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । पूर्णिमाले तुलसीराम स्मृति पुरस्कार–२०७७ बाट वरिष्ठ गजलकार अब्दुल लतिफ शौकलाई सम्मान गरेको छ । सो अवसरमा दुई वटा कृति बिमोचन समेत गरिएको छ । बद्री ढकाल हिरामणिको “ठ्यौको”हाइकु संग्रह र छविलाल खड्काको बिरौटो साइनो संग्र्रहको बिमोचन गरिएको छ । कार्यक्रममा दुई जना कविले कविता बाचन गरेका थिए । धादिङकी सुनिता खनाल र बाँकेका वि पि अस्तुले आफ्नो कविता बाचन गरेका थिए । उनीहरुले कविता मार्फत नेपाली समाजको वर्तमान अवस्था, सामाजिक विकृत लगायतका विषयहरु उठान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरि तिमिल्सेनाले नेपाली साहित्यका विकासका लागि राज्यले ठोस नीति लिन नसकेको बताएका छन् । साथै उनले नेपाली समाजको परितर्वन, राजनैतिक परिवर्तनका लागि साहित्यले महत्वपूर्ण भूमिका खेलेको बताउँदै साहित्यलाई राज्यले उचित स्थान दिन नसकेको बताएका छन् ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य उषा पुनले नेपाली साहित्यलाई थप बलियो र सशक्त बनाउनका लागि राज्यले साहित्यमा लगानीमैत्री वातावरणको नीति लिन आवश्यकको रहेकोमा जोड दिँदै पूर्णिमा साहित्य प्रतिष्ठानको भौतिक संरचना निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जानएकी छिन् । कार्यक्रत्रममा बोल्दै कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउने निरजले कोहलपुर नगरपालिकाले साहित्यक विकास र समृद्धिका लागि पूर्णिमालाई जग्गा उपलब्ध गराईएको बताउँदै पूर्णिमा साहित्यको भौतिक संरचना निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले कोहलपुर क्षेत्रको साहित्य विकासको लागि विगतदेखि निरन्तररुपमा प्रतिष्ठानले काम गरिरहेको बताएका छन् । कार्यक्रमको सहजिकरण खोपिराम वलीले गरेका थिए भने कार्यक्रममा साहित्यकारलगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Nabintech