११ बैशाख २०८१, मंगलवार
प्याब्सन बाँकेको अध्यक्षमा यम रावत निर्वाचित

  • टाइम्स संवाददाता

  • ३ पुष २०७८, शनिबार १९:४८

प्याब्सन बाँकेको अध्यक्षमा यम रावत निर्वाचित भएका छन् । प्याब्सन बाँकेको शनिबार नेपालगन्जमा सम्पन्न १५औं जिल्ला अधिवेशनले रावतको नेतृत्वमा कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्ष मनोजकुमार गिरी, उपाध्यक्ष शरद रावल, सचिव रोशनकाजी श्रेष्ठ र कोषाध्यक्ष नारायण दत्तलाई चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष रावतले संस्थागत विद्यालयहरुले नेपालको शैक्षिक विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउँदै गुणस्तरी शिक्षा संस्थागत विद्यालयको प्रमुख लक्ष्य भएको बताएका छन् ।

Nabintech