७ बैशाख २०८१, शुक्रबार
फरार अभियुक्तलाई कोहलपुर प्रहरीले गर्यो सुर्खेतबाट पक्राउ

  • टाइम्स संवाददाता

  • ९ भाद्र २०७८, बुधबार १६:२२

नेपालगञ्ज उपमहानगरपालिका–२० नयाँ बस्ती थपुवाका दुईजना युवामाथि आक्रमण गरी फरार भएका मुख्य अभियुक्तलाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । साउन २४ गते राती पुरन विक र टेकबहादुर विकलाई ज्यान मार्ने उद्देश्यले हतियार प्रहार गरी आक्रमण गरेको भन्दै राँझाका सन्ते भनिने बसन्त रावतसहित ११ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । मुख्य अभियुक्त सन्तेसहित अरु भने फरार थिए । प्रहरीले सुर्खेतको कालागाउँबाट गएराती २५ वर्षीय सन्ते, २० वर्षीय प्रकाश बुढा र २५ वर्षीय चक्रबहादुर रावतलाई पक्राउ गरेको हो । बुधवार उनीहरुलाई कोहलपुरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै डिएसपी रविन्द्र खनालले फरार अन्य चारजनाको पनि खोजी तीब्र पारिएको बताए । सन्तेको नेतृत्वमा राँझा क्षेत्रमा गुण्डागर्दी र लुटपाट हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नोट ः तस्बिर काँचुलिअनलाईबाट

Nabintech