११ बैशाख २०८१, मंगलवार
बर्दियामा डुबेर दाजुबहिनीसहित तीनजना बेपत्ता

  • टाइम्स संवाददाता

  • ९ श्रावण २०७८, शनिबार १७:३०

बर्दियामा नदी तथा खोलामा नुहाउन गएका तीनजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई दाजुबहिनी र एक युवक छन्। प्रहरीका अनुसार गेरुवा गाउँपालिका–६ का १४ वर्षीय सञ्जीव विक र उनकी आठ वर्षीया बहिनी दिलमाया छन्। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले उनीहरु कर्णाली नदीको सैजनाघाटमा नुहाउने क्रममा बेपत्ता भएको बताए। उनीहरु शुक्रबार बिहान करिब ११ बजे नुहाउने क्रममा वेपत्ता भएका थिए। अर्का बेपत्ता हुनेमा राजापुर–५ स्थित बूढी खोलामा नुहाउन गएकी २५ वर्षीया लालसा चौधरी छन्। बेपत्ता तीनै जनाको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी लागे पनि फेला नपरेको कार्कीले जानकारी दिए।

Nabintech