१६ चैत्र २०८०, शुक्रबार
बस हमलाका दोषी पत्ता लगाउन पाकिस्तानसँग चीनको माग

  • टाइम्स संवाददाता

  • ३० श्रावण २०७८, शनिबार १७:५१

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा भएको बस हमलामा संलग्नहरु पत्ता लगाउनुपर्ने माग चीनले गरेको छ । चिनियाँ विदेश मन्त्रालयका एक प्रवक्तालाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले यस्तो जनाएको हो । रिपोर्टअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले यस घटनाको सत्यतथ्य र दोषी पत्ता लगाउनुपर्ने माग पाकिस्तानी अधिकारीसँग गरेका छन् ।   गत जुलाईमा भएको बस हमलामा नौ चिनियाँ नागरिकसहित कम्तिमा १३ जना मारिएका थिए । यी मानिसहरु डासू बाँध परियोजनामा काम गरिरहेका थिए । सुरुमा, पाकिस्तानले ग्यास लिक हुँदा यस्तो बिस्फोट भएको जनाएको थियो । तर, चीनले बसमाथि हमला भएको दाबी गरेको थियो । त्यसयता, चीनकै सहयोगमा छानविन गरिएको थियो । त्यसपछि, पाकिस्तानका विदेश मन्त्री शाह महसुद कुरैशीले यस हमला अफगानिस्तानको जमिनबाट भएको प्रतिक्रिया दिएका थिए । यसका लागि प्रयोग गरिएको सवारी पनि अफगानिस्तानकै बाटो हुँदै ल्याइएको उनको दाबी थियो ।

Nabintech