१३ बैशाख २०८१, बिहीबार
बाँकेको जानकी गाउँपालिका अध्यक्ष यादवको निधन

  • टाइम्स संवाददाता

  • १२ भाद्र २०७८, शनिबार १२:३०

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ।   अध्यक्ष यादवको गएराती १ बजेतिर नेपालगन्जकाे नर्सिङहोममा मृत्यु भएको गाउँपालिका उपाध्यक्ष भुमिसरा धितालले जानकारी दिइन्।  शरीरमा रक्तचापको मात्रा कम भएपछि अध्यक्ष यादवलाई शुक्रबार साँझ ६ बजे नर्सिङहोममा उपचारका लागि लगिएको थियो।  ६२ वर्षीय यादवको उपचार कै क्रममा मृत्यु भएको उपाध्यक्ष धितालले बताइन्। अध्यक्ष यादवको शव शनिबार बिहानै घर ल्याइएको छ। उनको आजै दिउँसाे २ बजे उनकै घर नजिकैको जग्गामा दाहसंस्कार गरिने धितालले जानकारी दिइन्। यादवले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट चुनाव जितेका थिए। यादव नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य समेत हुन्। उनका एक श्रीमती, दुई छोरा र तीनजना छोरी छन्।

Nabintech