१३ बैशाख २०८१, बिहीबार
बाँकेको थप दुई जना कोरोना संक्रमितको निधन

  • टाइम्स संवाददाता

  • ९ बैशाख २०७८, बिहीबार १७:३९

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१७ की ८६ वर्षीय महिला र वडा नं. १ की ६५ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । नेपालगञ्ज–१७ की महिलाको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि गएको ७ गते अस्पताल भर्ना भएकी थिइन् । ८ गते रिपोर्ट पोजेटिभ आयो । उनको ९ गते विहान २ बजे मृत्यु भएको हो । त्यस्तै नेपालगञ्ज–१ की महिलाको स्वास्थ्यमा समस्या देखिएपछि गएको ७ गते उनी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएकी थिइन् । त्यसैदिन उनको कोरोना परीक्षणका लागि स्वाव लिइएको थियो । भोलि पल्ट रिपोर्ट पोजेटिभ आयो । उनको उपचारका क्रममा आज –बिहीबार)मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट ६८ जनाको मृत्यु भएको छ ।
लकडाउनका कारण बजार सुनसान
कोरोनाको उच्च जोखिममा रहेको नेपालगन्जमा गरिएको लकडाउनका कारण आज –बिहीबार) बजार सुनसान बनेको छ । कोरोनाको चेन ब्रेक गर्न गएराती १२ बजेदेखि लागु हुने नेपालगन्जमा एकहप्तामा एक हप्ता लकडाउन गरिएको छ । अत्यावश्यक सेवा बाहेक अरु सबै बन्द गरिएको छ । स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्द पदार्थ, औषधी पसल, बैंकको एटिएमलगायतका अत्यावश्यक सेवाहरु एवं सार्जजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षाहरु र हवाइ सेवा भने निर्वाध संचालनमा छन् । यस्तै एम्बुलेन्स, शववाहक, दमकल, झण्डावाल सवारी र कुटनीतिक नियोग, लामो दुरीका सवारी साधन, मालकबाहक साधन, निर्माण सामग्री ढुवानीका साधानहरु, अत्यावश्यक सेवा संचालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारीसाधन, अनुमति लिएका सवारी साधन पनि चलेका छन् ।
बाँकेमा ३ सय ३७ जना नयाँ संक्रमित फेला
बाँकेमा ३ सय ३७ जना नयाँ संक्रमित फेला परेका छन् । बितेको २४ घण्टाभित्र कुल ६ सय ७ वटा स्वाब परीक्षण गर्दा २ सय ३ जना पुरुष र १ सय ३४ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये बाँकेका मात्रै २ सय ५८ जना रहेका छन् । भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा कोरोना परीक्षण गरिएको थियो । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका नयाँ संक्रमितमा १ सय ४७ जना पुरुष र १ सय ११ जना महिला रहेका छन् । यो सँगै बाँकेका संक्रमित संख्या ६ हजार १ सय ५४ पुगेको छ । उनका अनुसार बाँकेमा बिहीबारसम्म ४१ पुरुष र २७ महिला गरी ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । यस्तै बाँकेमा जिल्ला बाहिरका ७३ जना पुरुष र २५ महिला गरी कुल ९८ जनाको मृत्यु भएको केन्द्रको तथ्यांकमा उल्लेख छ । पछिल्लो समयमा फेला परेका संक्रमित मध्ये १ हजार २ सय ६६ जना आइसोलेशनमा छन् । यसमध्ये भेरी अस्पतालमा पुरुष ७६ र महिला ६३ गरी १ सय ३९ जना रहेका छन् । जसमध्य ३८ जना गम्भिर रहेका छन् । संक्रमित ७ जनाको भेन्टिलेटमा उपचार भइरहेको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३७ पुरुष र २८ महिला गरी ६५ जनाको उपचार भइरहेको छ । जसमा २० जना सिकिस्त रहेको बताइएको छ । होटल ह्वाइट हाउस मनिकापुरमा १० पुरुष र २ महिला गरी १२ जना, कोहलपुर नगरपालिकाको कोभिड अस्पतालमा ५ जना पुरुष र होम आइसोलेशनमा ६ सय ६१ पुरुष र ५ सय २० महिला गरी १ हजार १ सय ८१ जना रहेका छन् । यसैगरी बाहिरी जिल्लाका ७२ जनाले पनि बाँकेमा उपचार गराइरहेका छन् ।

 

Nabintech