१३ बैशाख २०८१, बिहीबार
बाँकेको १४९ थपिए, ३६५ डिस्चार्ज, थप १३ जनाको निधन

  • टाइम्स संवाददाता

  • ३ जेष्ठ २०७८, सोमबार १६:२७

बाँकेमा कोरोना भाईरसका १ सय ४९ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल १ सय ७५ जना मध्ये ५८ र बागेश्वरी ल्याबमा १ सय ८८ जनाको परिक्षण गर्दा ९१ जना गरी बाँकेमा १ सय ४९ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएका मध्ये बाँकेका ७५ जना रहेका छन् भने बाहिरी जिल्लाका ७४ जनामा संक्रमण पृष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज अ‍ोलीले बताएका छन् । आज थप भएका संक्रमित सहित बाँकेमा हालसम्म १५ हजार ६ सय ९ जनामा संक्रमण पृष्टि भएको छ । त्यस्तै आज १ सय ९० महिला र १ सय ७५ जना पुरुष गरी ३ सय ६५ जनाले कोरोनालाई जितेका छन् भने हालसम्म १२ हजार ४ सय ८५ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका २ हजार ८ सय ८४ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ७५ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय १७ जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँके जिल्लामा ४ सय ३४ जनाको बाँकेमा निधन भएको छ ।
बाँकेमा थप १३ जनाको मृत्यु
कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप १३ जनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा र मेडिकल कलेजमा गरि थप १३ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा ठाकुरबाबा नगरपालिका–९ बर्दियाका २५ वर्षिय पुरुष, भिमदत्त नगरपालिका–३ कंचनपुरका ५५ वर्षिय पुरुष, तुलसिपुर उपमहानगरपालिका– १० दाङ्गकी ३८ वर्षिया महिला, मधुवन नगरपालिका–९ बर्दियाकी ७० वर्षिया महिला, पन्चपुरी नगरपालिका–६ सुर्खेतका ५९ वर्षिय पुरुष, बासगढि नगरपालिका–९ बर्दियाका ८० वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका– ६ बाँकेकी ४० वर्षिया महिला र कोहलपुर नगरपालिका–९ बाँकेका ४५ वर्षिया महिला रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । तुलसिपुर उपमहानगरपालिका– १ दाङ्गकी ४८ वर्षिय महिला, खजुरा गाउँपालिका–३ बाँकेकी ६७ वर्षिय महिला र कैलारी गाउँपालिका–५ कैलालीका ३८ वर्षिय पुरुष, दंगिशरण गाउँपालिका–३ दाङ्गका ४८ वर्षिय पुरुष र तुलसिपुर उपमहानगरपालिका– ६७ दाङ्गक ४५ वर्षिय पुरुषको निधन भएको छ । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ४० र बाँके जिल्लामा उपचार गर्न आई अन्य जिल्लाका कोरोना संक्रमितको निधन हुने संख्या १ सय ९४ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।

Nabintech