८ बैशाख २०८१, शनिबार
बाँकेमा २०८ थपिए, ४ सय ३७ डिस्चार्ज, थप १४ जनाको निधन

  • टाइम्स संवाददाता

  • १ जेष्ठ २०७८, शनिबार १८:३९

बाँकेमा कोरोना भाईरसका २ सय ८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मेडिकल कलेज कोहलपुरको ल्याब गरिएको कुल १ सय ६० जना मध्ये ८२ र बागेश्वरी ल्याबमा २ सय १ जनाको परिक्षण गर्दा १ सय १२ जना गरी बाँकेमा २ सय ८ जनामा संक्रमणको पृष्टि भएको छ । आज थप भएको संक्रमित सहित बाँकेमा हालसम्म १५ हजार १ सय ६९ जनामा संक्रमण पृष्टि भएको छ । आज जिल्ला बाहिरका१सय ११ जनामा संक्रमणको पृष्टि भएको छ । त्यस्तै आज १ सय ९६ महिला र २ सय ४१ जना पुरुष गरी ४ सय ३७ जनाले कोरोनालाई जितेका छन् भने बाँकेमा हालसम्म ११ हजार ६ सय ९ जनाले कोरोना भाईरसलाई जितेका छन् । बाँके जिल्लामा कोरोना भाईरसबाट संक्रमित भएका ३ हजार २ सय २८ जनाले होम आईसोलेसनमा स्वास्थ्य लाभ लिईरहेका छन् भने अस्पताल र आईसोलनस सेन्टरमा ४ सय ९८ जना रहेका छन् । यसका साथै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिररहेकाको संख्या १ सय १६जना रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । हालसम्म बाँके जिल्लामा ४ सय १० जनाको बाँकेमा निधन भएको छ ।
थप १४ जनाको निधन
त्यस्तै कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको बाँकेका दुई ठूला अस्पतालमा थप १४ जनाको मृत्यु भएको छ। नेपालगन्ज स्थित भेरी अस्पतालमा र मेडिकल कलेजमा गरि थप १४ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन् । मृत्यु हुनेहरुमा बैजनाथ गाउँपालिका–२ बाँकेकी ३७ वर्षिया महिला, कोहलपुर नगरपालिका–४ बाँकेका ४२ वर्षिय पुरुष, ठाकुरबाबा–१ बर्दियाका ४६ वर्षिय पुरुष, ठाकुरबाबा–१ बर्दियाकी ३४ वर्षिया महिला, कोहलपुर नगरपालिका–९ बाँकेका ६१ वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१९ बाँकेका ३९ वर्षिय पुरुष, बनगांड कुपिन्डे–४ सल्यानकी ६० वर्षिया महिला र गुलरिया नगरपालिका–१० बर्दियाका ६० वर्षिय पुरुष रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् । मधुवन नगरपालिका–१ बर्दियाका ४० वर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–७ बाँकेका ४४ वर्षिय पुरुष, मोतिपुर–८ सुर्खेतकी ५३ वर्षिया महिला, कोहलपुर नगरपालिका–११ बाँकेकी ४१ वर्षिया महिला, कोहलपुर नगरपालिका–८ बाँकेकी २६ वर्षिया महिला, कुमाख गाउँपालिका–२ सल्यानका ३६ वर्षिय पुरुष रहेका छन् । कोरोना भाईरसका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय ३१ र बाँके जिल्लामा उपचार गर्न आई निधन हुनेको संख्या १ सय ७८ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

Nabintech