१३ बैशाख २०८१, बिहीबार
बाँकेमा आज ६५ थपिए, ९४ डिस्चार्ज, बाँकेमा थप ७ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • १४ जेष्ठ २०७८, शुक्रबार १७:०५

बाँकेका दुई वटा प्रयोगशालामा १ सय ९३ नमुना परीक्षण गर्दा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरको पीसीआर प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा १४ जना र बागेश्वरी ल्याबमा १२७ नमुना परीक्षण गर्दा ५१ जना गरि कुल ६५ जनामा कोभिड संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । संक्रमण पुष्टि हुनेहरु मध्य बाँकेका १४ जना छन् । ७ जना महिला र ७ जना पुरुष गरि जिल्लाका १४ जनामा संक्रमण पुष्टि भएको हो । आजसम्म बाँकेमा ७७ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा हालसम्म १६ हजार ९१५ जनामा संक्रमण पृष्टि भएका छन् । त्यस्तै हालसम्म १५हजार ५ सय ३४ जना डिस्चार्ज भएका छन् । जिल्लामा ९४ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । ४६ जना महिला र ४८ जना पुरुष गरि कुल ९४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । बाँके जिल्लामा ६४५ जनाले होम आईसोलेसन र २ सय ४१ जनाले अस्पताल र विभिन्न आईसोलेसन सेन्टरमा स्वास्थ्य लाभ लिईरहेका छन् भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गरिरहेकाको संख्या १५८ रहेको छ ।
बाँकेमा थप ७ जनाको मृत्यु
बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरि थप ७ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । मृत्यु हुनेहरुमा भेरी नगरपालिका–१ जाजरकोटका ७० वर्षीया महिला, ठाकुरबाबा नगरपालिका–३ बर्दियाका ३७ वर्षीय पुरुष, तुल्सिपुर उपमहानगरपालिका–११ दाङका ५२ वर्षीय पुरुष, गुलरिया नगरपालिका–६ बर्दियाका ५७ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ बाँकेका ६९७ वर्षीय पुरुष, लमही नगरपालिका–६ दाङका ४७ वर्षीय पुरुष, कुमाख गाउँपालिका–१ सल्यानकी ३४ वर्षीय महिला, जानकी गाउँपालिका–१ बाँकेका ३४ वर्षीय पुरुष रहेका छन् । योसँगै कोरोना भाइरस संक्रमणका कारण बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका २७० जना र जिल्लाकै २८८ जनाको मृत्यु भईसकेको छ ।

Nabintech