६ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १० जना संक्रमित थपिए, ५ जना डिस्चार्ज, एकको मृत्यु

  • टाइम्स संवाददाता

  • २६ असार २०७८, शनिबार १६:४१

बाँकेमा पछिल्लो २४ घण्टामा थप १० जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४७ नमुना परीक्षण गर्दा १० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६६ नमुना परीक्षण गर्दा ६, नेपालगञ्ज मेडिकल कलेजमा ४३ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा शून्य गरी ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ४ जना छन् । ३ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८५ हजार ४ सय ८७ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । २ महिला र ३ जना पुरुष गरी ५ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १४१ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
एक जनाको निधन
त्यस्तै कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नपा ३ प्युठानका ५७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । असार १८ गते कोभिड संक्रमण पुष्टि भएपछि उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिए । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६८ जनाको मृत्यु भइसकेको छ भने बाँके जिल्ला भित्रका ३११ जनाको निधन भएको छ ।

Nabintech