८ बैशाख २०८१, शनिबार
बाँकेमा कोरोनाका ११ जना थपिए, ११ जना डिस्चार्ज, दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २६ भाद्र २०७८, शनिबार १५:५४

बाँकेमा पछिल्लो २४ घण्टामा थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १६५ नमुना परीक्षण गर्दा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५६ नमूना परिक्षण गर्दा ९ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३८ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा ७४ नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ५ जना छन् । २ जना महिाल र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार ९१९ नमुना परीक्षण गर्दा १८ हजार ९२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ११ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र ५ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ६९७ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १० पुगेको छ भने मध्यम बिरामीको संख्या १६ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
भेरी अस्पतालमा थप दुईजनाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृतयु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बाफिकोट गाउँपालिका–९ रुकुम पश्चिमका ५५ वर्षीय पूरुष र लमही नगरपालिका–५ दाङका ६५ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । रुकुम पश्चिमका ५५ वर्षीय पूरुषलाई भाद्र २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोही दिन उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उनको हिजो राती ८ बजे मृत्यु भएको हो । त्यस्तै लमहीका महिलालाई भाद्र ७ गते कोभिड पुष्टि भएको थियो । उहाँलाई भेरी अस्पतालमा उपचारका लागि भाद्र १९ गते भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उहाँको हिजो राती साढे ११ बजे मृत्यु भएको ओलीले जानकारी दिए ।

Nabintech