१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १२ जना थपिए, ५ जना डिस्चार्ज, दुई जनाको निधन

  • टाइम्स संवाददाता

  • ४ आश्विन २०७८, सोमबार १६:३३

बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३५ नमूना परिक्षण गर्दा १२ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा ७ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ४ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९५ हजार ७४९ नमुना परीक्षण गर्दा १८ हजार १ सय ४२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । १ जना महिला र ४ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७५८ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
कोरोनाबाट बाँके र दाङका दुई जनाको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र दाङका रहेका छन् । उनीहरुको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएकको हो । जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका ४ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई भदौं २८ गते कोरोना पोजेटिभ भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएकी थिईन् । यस्तै दाङ तुलसीपुर उपमहानगरपालिका ७ का ८२ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ । दाङमा गत भदौं १८ गते पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसको भोलीपल्ट उनी भेरी अस्पताल भर्ना भएका थिए । यो संगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३२ जनाको मृत्यु भएको छ । भने उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४ सय १४ जनाको मृत्यु भएको छ ।

Nabintech