१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका १२ जना थपिए, ९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १ कार्तिक २०७८, सोमबार १४:३५

बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ११५ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४७ नमूना परिक्षण गर्दा ८ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २७ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा ४१ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ७ जना छन् । ६ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९८ हजार ९१ नमुना परीक्षण गर्दा १८ हजार ३ सय ४१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र ३ जना पुरुष सहित बाँके जिल्लामा हालसम्म १७ हजार ९४९ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ३ जना सिकिस्त छन् भने २१ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech