१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १२ जना संक्रमित थपिए, ९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २८ असार २०७८, सोमबार १७:४२

बाँकेमा पछिल्लो २४ घण्टामा थप १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४९ नमुना परीक्षण गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ९२ नमुना परीक्षण गर्दा ९, नेपालगञ्ज मेडिकल कलेजमा २० नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी प्रयोगशालामा ३७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ६ जना छन् । २ जना महिला र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८५ हजार ७ सय ९८ नमुना परीक्षण गर्दा १७ हजार ५ सय २० जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ४ महिला र ५ जना पुरुष गरी ९ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १५८ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

 

Nabintech