१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १३ जना थपिए, ११ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • ३१ श्रावण २०७८, आईतवार १९:५८

बाँकेमा पछिल्लो २४ घण्टामा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ८२ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १९ नमूना परिक्षण गर्दा २ जना, नेपालगञ्ज मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा २७ नमूना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । २ जना महिला र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९१ हजार ४०९ नमुना परीक्षण गर्दा १७ हजार ७ सय ९५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ११ जना डिस्चार्ज भएका छन् । २ जना महिला र ९ जना पुरुष गरी ११ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३७३ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या द्दघ पुगेको छ भने मध्यम बिरामीको संख्या २९ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech