१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १३ जना संक्रमित थपिए, ३ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १२ श्रावण २०७८, मंगलवार १६:४०

बाँकेमा पछिल्लो २४ घण्टामा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १६४ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७२ नमुना परीक्षण गर्दा ४, नेपालगञ्ज मेडिकल कलेजमा ६८ नमुना परीक्षण गर्दा ७ जना र बागेश्वरी ल्याबमा २४ जनामा परिक्षणगर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ४ जना छन् । ३ जना महिला र १ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८८ हजार ४१८ नमुना परीक्षण गर्दा १७ हजार छ सय जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । १ महिला र २ जना पुरुष गरी ३ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २३४ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech