१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १४ जना थपिए, १७ जना डिस्चार्ज, दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७८, बुधबार १७:२५

बाँकेमा पछिल्लो २४ घण्टामा थप १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३५ नमूना परिक्षण गर्दा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३४ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा ९ नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ८ जना छन् । ५ जना महिाल र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९४ हजार ५६५ नमुना परीक्षण गर्दा १८ हजार ६९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् । ८ जना महिला र ९ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ६७२ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १४ पुगेको छ भने मध्यम बिरामीको संख्या १५ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
भेरीमा कोभिड संक्रमित दुईजना मृत्यु
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ । उपचारका क्रममा रुकुम पश्चिमका ७८ वर्षीय पुरुष र सुर्खेत भेरीगंगाका ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ९ गते कोभिड पुष्टि भएका त्रिवेणी गाउँपालिका–६ रुकुम पश्चिमका पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । त्यस्तै २० गते भेरीमा भर्ना भएका भेरीगंगा नगरपालिका–१३ सुर्खेतका पुरुषमा त्यसैदिन कोभिड पुष्टि भएको थियो । उनको आज विहान मृत्यु भएको हो । योसँगै उपचारका लागि बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय ५ जनाको मृत्यु भएको छ ।

Nabintech