१२ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका १४ जना संक्रमित थपिए, ८ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २७ असार २०७८, आईतवार १८:२४

बाँकेमा पछिल्लो २४ घण्टामा थप १४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ३३ नमुना परीक्षण गर्दा ९, नेपालगञ्ज मेडिकल कलेजमा ३५ नमुना परीक्षण गर्दा ३ जना र बागेश्वरी प्रयोगशालामा १० नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ८ जना छन् । १ जना महिला र ७ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८५ हजार ६ सय ४९ नमुना परीक्षण गर्दा १७ हजार ५ सय १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ४ महिला र ४ जना पुरुष गरी ८ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १४९ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech