१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १५ जना थपिए, २ जना डिस्चार्ज, एक जनाको निधन

  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७८, मंगलवार १६:१८

बाँकेमा पछिल्लो २४ घण्टामा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३८ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७६ नमूना परिक्षण गर्दा १४ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३७ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा २५ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ३ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९५ हजार ८८७ नमुना परीक्षण गर्दा १८ हजार १ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा २ जना डिस्चार्ज भएका छन् । २ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७६० जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
कोभिड संक्रमित पुरुषको मृत्यु
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ बर्दियाका ४४ वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको हो । भदौं २१ गते कोरोना संक्रमण पुष्टि भएका उनी त्यसैदिन अस्पताल भर्ना भएका थिए । योसँगै उपचारका क्रममा बाँकेमा आएका बाहिरी जिल्लाका ४ सय १५ जनाको मृत्यु भएको छ ।

Nabintech