१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका १५ जना थपिए, १ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २५ कार्तिक २०७८, बिहीबार १७:२२

बाँकेमा पछिल्लो २४ घण्टामा थप १५ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ५३ नमुना परीक्षण गर्दा १५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १४ नमूना परिक्षण गर्दा ४ जना, नेपालगञ्ज मेडिकेल कलेजमा २१ नमूना परिक्षण गर्दा १० जना र बागेश्वरी ल्याबमा १८ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १० जना छन् । ७ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९९ हजार ६२५ नमुना परीक्षण गर्दा १८ हजार ४ सय ३१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । जिल्ला पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका छन् । १ जना महिला सहित बाँके जिल्लामा हालसम्म १८ हजार ६३ जना डिस्चार्ज भएका छन् । साथै अस्पतालमा उपचार गराइरहेका मध्ये ६ जना सिकिस्त बिरामी, भेन्टिलेटरमा १ जना रहेका छन् भने १४ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech