१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका १६ जना संक्रमित थपिए, १० जना डिस्चार्ज, थप एक जनाको निधन

  • टाइम्स संवाददाता

  • ८ श्रावण २०७८, शुक्रबार १६:४३

बाँकेमा पछिल्लो २४ घण्टामा थप १६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ३३५ नमुना परीक्षण गर्दा १६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा २१४ नमुना परीक्षण गर्दा १५, नेपालगञ्ज मेडिकल कलेजमा ६७ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी ल्याबमा ५४ जनामा परिक्षणगर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ४ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८७ हजार ५०४ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ७२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १० जना डिस्चार्ज भएका छन् । १ महिला र ९ जना पुरुष गरी १० जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २१४ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
थप एक जनाको निधन
कोरोेना भाइरस संक्रमणबाट नेपालगन्जका एकजना पुरुषको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–४ का ५८ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । ती पुरुषलाई असार २३ गते कोभिड पुष्टि भएको थियो । होम आइसोलेसनमा बसिरहेका उनको स्वास्थ्य समस्या जटिल बन्दै गएपछि असार ३० गतेमात्रै भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहान साढे ७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

Nabintech