१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका १७ जना संक्रमित थपिए, ४ जना डिस्चार्ज, एक जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २३ असार २०७८, बुधबार १८:२६

बाँकेमा पछिल्लो २४ घण्टामा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४० नमुना परीक्षण गर्दा १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७२ नमुना परीक्षण गर्दा १४, नेपालगञ्ज मेडिकल कलेजमा ४१ नमुना परीक्षण गर्दा १ जना र बागेश्वरी प्रयोगशालामा २७ नमुना परीक्षण गर्दा २ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ४ जना छन् । १ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८५ हजार १ सय ९ नमुना परीक्षण गर्दा १७ हजार ४ सय ९१ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । २ महिला र २ जना पुरुष गरी ४ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १२४ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
कोरानाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु
बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत बर्दियाको राजापुर नगरपालिका ६ का ५४ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ६५ जनाको मृत्यु भएको छ । बाँकेका मात्रै ३ सय ११ ले ज्यान गुमाएका छन् ।

Nabintech