१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका १८ जना थपिए, ७ जना डिस्चार्ज, दुईको निधन

  • टाइम्स संवाददाता

  • २९ भाद्र २०७८, मंगलवार १६:०५

बाँकेमा पछिल्लो २४ घण्टामा थप १८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १३० नमुना परीक्षण गर्दा १८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६६ नमूना परिक्षण गर्दा १६ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ४७ नमुना परीक्षण गर्दा शून्य जना र बागेश्वरी ल्याबमा १७ नमूना परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ४ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९५ हजार २३५ नमुना परीक्षण गर्दा १८ हजार १ सय ६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । ४ जना महिला र ३ जना पुरुष डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७१३ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
थप दुई जनाको निधन
कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा घोराही उपमहानगरपालिका–३ दाङका ४० वर्षीया महिला र ठाकुरबाबा नगरपालिका–१ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् । दाङका ४० वर्षीया महिलालाई भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई त्यसैदिन उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको भएपनि स्वास्थ्यमा सुधार नआउँदा हिजो राती ८ बजे मृत्यु भएको हो । त्यस्तै ठाकुरबाबा नगरपालिका–१ बर्दियाका पुरुषलाई भदौ १७ गते कोरोेना संक्रमण पुष्टि भएपछि त्यसैदिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराती साढे १२ बजे मृत्यु भएको फोकलपर्सन ओलीले जानकारी दिएका छन् । योसँगै बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४११ संक्रमितको हालसम्म मृत्यु भईसकेको छ ।

Nabintech