१२ बैशाख २०८१, बुधबार
बाँकेमा कोरोनाका १९ जना संक्रमित थपिए

  • टाइम्स संवाददाता

  • १४ श्रावण २०७८, बिहीबार १५:५८

बाँकेमा पछिल्लो २४ घण्टामा थप १९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा १६४ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १२८ नमुना परीक्षण गर्दा १५ र नेपालगञ्ज मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ९ जना छन् । ५ जना महिला र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८८ हजार ७४१ नमुना परीक्षण गर्दा १७ हजार छ सय १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

Nabintech