१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका २१ जना थपिए, ३ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १८ आश्विन २०७८, सोमबार १७:१६

बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ९६ नमुना परीक्षण गर्दा २० जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५९ नमूना परिक्षण गर्दा २० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा १ जना र बोगश्वरी ल्याबमा १५ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १० जना छन् । ६ जना महिला र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार २३५ नमुना परीक्षण गर्दा १८ हजार २ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ३ जना डिस्चार्ज भएका छन् । २ जना महिला र १ जना पुरुष गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८५६ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।

Nabintech