१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका २१ जना थपिए, ९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १९ आश्विन २०७८, मंगलवार १५:५९

बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा ९० नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ४१ नमूना परिक्षण गर्दा १२ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ९ जना र बोगश्वरी ल्याबमा १३ नमूना परिक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १२ जना छन् । ३ जना महिला र ९ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९७ हजार ३२५ नमुना परीक्षण गर्दा १८ हजार २ सय ६० जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ६ जना महिला र ३ जना पुरुष गरी हालसम्म बाँकेमा अहिलेसम्म १७ हजार ८६५ जना डिस्चार्ज भएको समितिले जनाएको छ । अस्पतालमा उपचार गराइरहेका मध्ये ९ जना सिकिस्त छन् भने ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । १८ जना मध्यम बिरामी रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिएका छन् ।

Nabintech