७ बैशाख २०८१, शुक्रबार
बाँकेमा कोरोनाका २१ जना संक्रमित थपिए, ९ जना डिस्चार्ज, दुईको निधन

  • टाइम्स संवाददाता

  • ३० असार २०७८, बुधबार १७:३३

बाँकेमा पछिल्लो २४ घण्टामा थप २१ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा ११७ नमुना परीक्षण गर्दा २१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६० नमुना परीक्षण गर्दा १७, नेपालगञ्ज मेडिकल कलेजमा ५७ नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ७ जना छन् । २ जना महिला र ७ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८६ हजार १ सय ७८ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ३० जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ५ महिला र ४ जना पुरुष गरी ९ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १६९ जना डिस्चार्ज भएको समितिले जनाएको छ । जिल्लामा अस्पताल र आईसोलेसन रहेकर ३३ जना र होम आईसोलेसनमा ३४ जना उपचारत रहको छन् ।
त्यस्तै भेरी अस्पताल नेपालगञ्जमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । अस्पतालमा उपचारका क्रममा ठाकुरबाबा नगरपालिका ४ बर्दियाका ६३ वर्षीया महिला र बर्दियाकै राजापुर नगरपालिका १० का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका अनुसार संक्रमण पुष्टि भएपछि उपचारका लागि असार २५ गते भेरीमा भर्ना हुनुभएका ठाकुरबाबा ४ का महिलाको स्वास्थ्यमा सुधार नआउँदा मंगलवार राती पौने १० बजे मृत्यु भएको हो । त्यस्तै राजापुर नगरपालिका–१० का पुरुष कोभिड पुष्टि भएपछि असार २६ गते अस्पतालमा भर्ना भएका थिए । उनको मंगलवार राती साढे ११ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै हालसम्म बाँकेमा उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ३७० जनाको मृत्यु भईसकेको छ । जिल्लाकै ३११ जनाले समेत कोभिडकै कारण ज्यान गुमाएका छन् ।

Nabintech