१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका २३ जना संक्रमित थपिए, ७ जना डिस्चार्ज,, एक जनाको निधन

  • टाइम्स संवाददाता

  • २५ श्रावण २०७८, सोमबार १६:०३

बाँकेमा पछिल्लो २४ घण्टामा थप २३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १६६ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ११८ नमुना परीक्षण गर्दा १९, नेपालगञ्ज मेडिकल कलेजमा २८ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा २० जनामा परिक्षणगर्दा शून्य जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ६ जना छन् । ३ जना महिला र ३ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९० हजार ४०८ नमुना परीक्षण गर्दा १७ हजार ७ सय २५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । २ जना महिला र ५ जना पुरुष गरी ७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २९३ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १२ पुगेको छ भने मध्यम बिरामीको संख्या १८ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
थप एक जनाको निधन
कोरोना भाइरस संक्रमणबाट नेपालगन्जका एक युवाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका– १८ कारकाँदोका ३१ वर्षीय युवाको भाइरस संक्रमणबाट मृत्यु भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि यही २१ गते नेपालगन्ज मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसको भोलिपल्ट उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नहुँदा उनको उपचारका क्रममा आईतबार साँझ मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिनुभयो । योसँगै कोरोना भाइरस संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ३ सय २३ पुगेको छ । पछिल्लो सातादेखि बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।

Nabintech