१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका २३ जना संक्रमित थपिए, ५ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • ५ श्रावण २०७८, मंगलवार १५:३३

बाँकेमा पछिल्लो २४ घण्टामा थप २३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४५ नमुना परीक्षण गर्दा २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७४ नमुना परीक्षण गर्दा १८, नेपालगञ्ज मेडिकल कलेजमा ३८ नमुना परीक्षण गर्दा ५ जना र बागेश्वरी ल्याबमा ३३ जनामा परिक्षण गर्दा शून्य जनमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँकेका ४ जना छन् । २ जना महिला र २ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ८६ हजार ९ सय ४ नमुना परीक्षण गर्दा १७ हजार ५ सय ६२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । १ महिला र ४ जना पुरुष गरी ५ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार १८९ जना डिस्चार्ज भएको समितिले जनाएको छ । जिल्लामा हाल अस्पताल र आईसोलेसन रहेर १८ जना र होम आईसोलेसनमा २९ जना रहेका छन भने १० जना सिकिस्त र ३ जना भेन्टिलेटरमा राखेर उपचारगरिरहेका छन् ।
त्यस्तै बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बर्दियाको बारबर्दिया नगरपालिका ४ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए । असार २३ गते कोरोना पुष्टि भएपछि त्यसै दिन अस्पताल भर्ना भएका उनको आज विहान सवा ८ बजे मृत्यु भएको हो । यो संगै कोरोनाबाट हालसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ७४ जना र बाँकेका ३२१ जनाको मृत्यु भएको छ ।

Nabintech