६ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका २७ जना थपिए, १ जना डिस्चार्ज, दुईको निधन

  • टाइम्स संवाददाता

  • ८ आश्विन २०७८, शुक्रबार १७:०९

बाँकेमा पछिल्लो २४ घण्टामा थप २७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ७९ नमूना परिक्षण गर्दा २४ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३९ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ११ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका ११ जना छन् । ३ जना महिला र ८ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९६ हजार ३१० नमुना परीक्षण गर्दा १८ हजार १ सय ८९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १ जना डिस्चार्ज भएका छन् । १ जना महिला डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ७७२ जना डिस्चार्ज भएको समितिले जनाएको छ ।
कोरोनाबाट थप दुई जनाको मृत्यु
कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा घोराही उपमहानगरपालिका–१० दाङ र अछामका एकएक जना पुरुषको मृत्यु भएको हो । भदौ १९ गते कोराना भाइरस संक्रमण पुष्टि भएका दाङका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बिहीवार राती साढे ११ बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए । यस्तै भदौ ३० गते कोरोना पुष्टि भई असोज २ गते भेरी अस्पतलमा भर्ना भएका अछामका २६ वर्षीय युवकाको शुक्रवार बिहान १० बजे मृत्यु भएको ओलीले बताए । योसँगै कोरोना संक्रमणबाट बाँकेमा ३३३ जनाको मृत्यु भएको छ भने उपचारका लागि अन्यत्र जिल्लाबाट बाँकेमा आएका ४१७ जनाको मृत्यु भएको छ ।

Nabintech