१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ३१ जना थपिए, ३ जना डिस्चार्ज, एकको निधन

  • टाइम्स संवाददाता

  • २१ श्रावण २०७८, बिहीबार १७:३८

बाँकेमा बालबालिकामा कोरोना भाइरसको संक्रमण दर बढेको छ । बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा आज थप ३१ जनामा भाइरस संक्रमण पुष्टि हुँदा २३ जना बाँकेका हुन् । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीका अनुसार संक्रमण पुष्टि भएका २१ जना कोहलपुरका छन् । तीमध्ये ६ जना बालबालिका छन् । उनीहरु ९ देखि १८ वर्षसम्मका छन् । कोहलपुर वडा नम्वर १, २, ५ र १० मा कोभिड संक्रमण बढी देखिएको छ । पछिल्लो समय बालबालिकामा भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सावधानी अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन् । आज १८८ नमुना परीक्षण गरिएको थियो । भेरीको प्रयोगशालामा एक सय नमुना परीक्षण गर्दा २०, मेडिकल कलेज कोहलपुरमा ५९ नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ९३ पुगेको छ । आज ३ जना डिस्र्चाज भएका छन् । जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ६३ पुगेको छ । यस्तै भाइरस संक्रमणबाट गेरुवा गाउँपालिका–५ बर्दियाका ७० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । बाँकेमा अहिले १५ जना सिकिस्त बिरामी छन् । ३३ जना मध्यम बिरामी हुँदा ६ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
थप एकजनाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–५ बर्दियाका ७० वर्षीय पुरुषको उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । उनलाई साउन ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको दुई दिनपछि उनी भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए । उनको उपचारकै क्रममा गएराती मृत्यु भएको हो । योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका ३ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

Nabintech