१५ चैत्र २०८०, बिहीबार
बाँकेमा कोरोनाका ३६ जना थपिए, ७ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १ भाद्र २०७८, मंगलवार १५:१७

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा २०६ नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ११६ नमूना परिक्षण गर्दा २३ जना, नेपालगञ्ज मेडिकल कलेजमा ४९ नमुना परीक्षण गर्दा ६ जना र बागेश्वरी ल्याबमा ४१ नमूना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ११ जना छन् । ६ जना महिला र ५ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९१ हजार ७७२ नमुना परीक्षण गर्दा १७ हजार ८ सय २२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ७ जना डिस्चार्ज भएका छन् । ४ जना महिला र ३ जना पुरुष गरी ७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३८९ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या २४ पुगेको छ भने मध्यम बिरामीको संख्या २५ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ । बाँकेमा कोभिड सक्रिय संक्रमित १ सय ४९ जना रहेकोमा सबै भन्दा धेरै कोहलपुरमा ८२ जना रहेका छ्न ।

Nabintech