१३ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ३७ जना थपिए, ५ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • १४ भाद्र २०७८, सोमबार १७:५०

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १९५ नमुना परीक्षण गर्दा ३७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १४१ नमूना परिक्षण गर्दा ३२ जना, नेपालगञ्ज मेडिकल कलेजमा ३६ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्याबमा १८ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिएका छन् । तीमध्ये बाँके जिल्लाका १९ जना छन् । १२ जना महिला र ७ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९३ हजार ५५९ नमुना परीक्षण गर्दा १८ हजार ७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ५ जना डिस्चार्ज भएका छन् । २ जना महिला र ३ जना पुरुष गरी ५ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ५६१ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १७ पुगेको छ भने मध्यम बिरामीको संख्या २६ पुगेको छ । ६ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech