१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका ३९ जना थपिए, १७ जना डिस्चार्ज, दुई जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • ८ भाद्र २०७८, मंगलवार १५:५१

बाँकेमा पछिल्लो २४ घण्टामा थप ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १६३ नमुना परीक्षण गर्दा ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको ल्याबमा गरिएको ९७ नमूना परिक्षणमा १६ जना, नेपालगञ्ज मेडिकल कलेजमा ५० नमुना परीक्षण गर्दा २२ जना र बागेश्वरी ल्याबमा १६ नमूना परिक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका १९ जना छन् । ७ जना महिला र १२ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । तीमध्ये अधिकांश कोहलपुरका छन् । कोहलपुरका १३, बैजनाथ र राप्तीसोनारीका २–२ जना, नेपालगन्ज र जानकीका १–१ जना रहेका छन् । त्यस्तै बाँके जिल्लामा हालसम्म ९२ हजार ७०० नमुना परीक्षण गर्दा १७ हजार ९ सय २५ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् । ७ जना महिला र १० जना पुरुष गरी १७ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ४७४ जना डिस्चार्ज भएको समितिले जनाएको छ । सिकिस्त बिरामीको संख्या १६ पुगेको छ भने मध्यम बिरामीको संख्या ३४ पुगेको छ । ४ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।
कोरोनाबाट भेरी अस्पतालमा दुई महिलाको मृत्यु
कोरोना भाइरस संक्रमणबाट भेरी अस्पताल नेपालगञ्जमा थप दुईजनाको मृत्यु भएको छ । कोरोनाबाट बर्दिया र कैलालीकी महिलाको मृत्यु भएको हो । मधुवन नगरपालिका–४ बर्दियाकी ७० वर्षीया महिलाको सोमवार राती साढे एक बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार गएको २ गते बर्दियामा पीसीआर परीक्षण गर्दा ती महिलालाई कोभिड पुष्टि भएको थियो । उनलाई ४ गते भेरीमा भर्ना गरिएको थियो । त्यस्तै भजनी नगरपालिका–६ कैलालीकी ५२ वर्षीया महिलाको ७ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पीसीआर परीक्षणमा कोभिड पुष्टि भएको थियो । उनलाई त्यसैदिन भेरीमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा रहेकी उनको सोमवार राती ८ बजे मृत्यु भएको हो । योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३ सय ९५ जनाको मृत्यु भएको छ ।

Nabintech