६ बैशाख २०८१, बिहीबार
बाँकेमा कोरोनाका ४४ जना संक्रमित थपिए, ८ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २६ श्रावण २०७८, मंगलवार १७:४१

बाँकेमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । दुईवटा प्रयोगशालामा १७३ नमुना परीक्षण गर्दा ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १३१ नमूना परीक्षण गर्दा ३७, नेपालगञ्ज मेडिकल कलेजमा ४२ नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका ७ जना छन् । ३ जना महिला र ४ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९० हजार ५८१ नमुना परीक्षण गर्दा १७ हजार ७ सय ३२ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् । ५ जना महिला र ३ जना पुरुष गरी ८ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार ३०१ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १६ पुगेको छ भने मध्यम बिरामीको संख्या १८ पुगेको छ । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech