१६ चैत्र २०८०, शुक्रबार
बाँकेमा कोरोनाका ४८ जना संक्रमित थपिए, ९ जना डिस्चार्ज

  • टाइम्स संवाददाता

  • २२ श्रावण २०७८, शुक्रबार १७:४४

बाँकेमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा २०७ नमुना परीक्षण गर्दा ४८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा १०९ नमुना परीक्षण गर्दा ३२, नेपालगञ्ज मेडिकल कलेजमा ४७ नमुना परीक्षण गर्दा १० जना र बागेश्वरी ल्याबमा ४९ जनामा परिक्षणगर्दा ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ । तीमध्ये बाँके जिल्लाका १३ जना छन् । २ जना महिला र ११ जना पुरुषमा संक्रमण पृष्टि भएको छ । त्यस्तै बाँके जिल्लामा हालसम्म ९० हजार २० नमुना परीक्षण गर्दा १७ हजार ७ सय ६ जनामा संक्रमण पोजेटिभ देखिएको छ । साथै बाँके जिल्लामा पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । ७ महिला र २ जना पुरुष गरी ९ जना डिस्चार्ज भएसँगै अहिलेसम्म १७ हजार २७२ जना डिस्चार्ज भएको समितिले जनाएको छ । पछिल्लो केही दिन देखि जिल्लामा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । सिकिस्त बिरामीको संख्या १६ पुगेको छ भने मध्यम बिरामीको संख्या १७ पुगेको छ । ६ जनाको भेन्टिलेटरमा राखेर उपचार चलिरहेको छ ।

Nabintech